Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बाँकेको बाहुबली हर्बल उद्योगमा आगलागी

    बाँकेको बाहुबली हर्बल उद्योगमा आगलागी

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 258
    SHARES

    बाँके । बाँकेको हर्बल उद्योगमा आगलागी भएको छ।

    बिहीबार बिहान ७ बजे जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको हो ।



    उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको बाँके प्रहरीले जनाएको छ ।



    अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो निभाउने काम गरिरहेको छ ।

    आगो निभाउन बाँके र बर्दियाका ११ वटा दमकल प्रयोग गरिएको र भारतबाट पनि दमकल ल्याइएको छ ।

    विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार