Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बाँकेमा लुटेरा समूहको आक्रमणबाट एक जनाको मृत्यु

    बाँकेमा लुटेरा समूहको आक्रमणबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 615
    SHARES

    फाइल तस्विर

    बुटवल । बाँकेमा लुटेरा समूहको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

    गए राति ५/७ जनाको समूहमा लुटपाटका लागि आएकालाई प्रतिकार गर्ने क्रममा जानकी गाउँपालिका ३ रुद्रपुर नयाँ बस्तीका सन्तोष कठरिया थारुको मृत्यु भएको हो ।



    लुटेरा समूहले उनलाई चिर्पटले आक्रमण गरेका थिए। सो समूहको प्रतिकारका क्रममा मृतक केडेरियाकी श्रीमती सविता राजवंशी थारु पनि घाइते भएकी छन् ।



    लुटेराहरूले सबिताले लगाएको सुनको फुली र ४० हजार नगद लुटेर लगेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    खजुरा रोडबाट भित्री सडकमा पर्ने रुद्रपुरमा एकान्तमा रहेको घरमा लुटपाटकै उद्देश्यले सो समूह आएको बताइएको छ ।

    प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार