Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • घरायसी विवादमा श्रीमतीको हत्या गर्ने २२ वर्षीय श्रीमान् पक्राउ

    घरायसी विवादमा श्रीमतीको हत्या गर्ने २२ वर्षीय श्रीमान् पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 936
    SHARES

    फाइल तस्विर

    बाँके। बाँकेमा २२ वर्षका एक युवाले श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन्।

    बाँकेको कोहलपुर नगरपालिका-१४ बस्दै आएका २२ वर्षीय अनिल बिकले आफ्नै २१ वर्षीया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।



    उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेका छन्। श्रीमतीले लुकाएर राखेको रकम श्रीमानले खर्च गरिदिएपछि विवाद भएको थियो ।



    बर्दियाको बाँसगढी घर भएका यी दुवैजन बाँकेको कोहलपुर-१४ पावर्तीपुरमा बस्दै आएकोमा सोमबार राती आपसी झगडामा अनिलले श्रीमती सुशिलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको कोहलपुर प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते भएकी सुशिलालाई नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो।

    अनिल दम्पत्तिले पावर्तीपुरस्थित बागेश्वरी ह्ययम पाइप उद्योगमा काम गर्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार