Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्राधिकरणको टिकटकलाई जवाफ : प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्नुहोस्

    प्राधिकरणको टिकटकलाई जवाफ : प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्नुहोस्

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 447
    SHARES

    काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकलाई पत्र लेख्दै नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ ।

    प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टिकटकका तर्फबाट आएको पत्रको जवाफमा यस्तो आग्रह गरिएको बताएका हुन् ।



    उनका अनुसार टिकटकका तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय का सन्दर्भमा आएको जिज्ञासासहितको पत्रको जवाफ दिँदै निर्णय कार्यान्वयन गर्न सहयोग गरिदिन आग्रह गरिएको बताए ।



    कात्तिक २७ गते मन्त्रीपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । सरकारको निर्णय कार्यान्वयनमा आएपछि प्राधिकरणलाई पत्र लेख्दै टिकटकले आफ्नो प्ल्याटफर्ममाथि प्रतिबन्ध गरिएको विषयमा जिज्ञासा राखेको थियो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार