Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

    लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 729
    SHARES

    झापा । झापा प्रहरीले मेचीपुल र सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१० धुलाबारी बस्ने २० वर्षीय रोहितकुमार पोदार र शिवसताक्षी नगरपालिका-१ बस्ने २९ वर्षीया कमला राउत रहेका छन् ।



    लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले पोदारलाई मेचीनगर नगरपालिका ६ मेचीपुलबाट ३ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।



    यस्तै, प्रहरी चौकी टाघनडुब्बा र बीओपी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले राउतलाई झापा गाउँपालिका ४ स्थित सुकुम्बासी टोल जाने बाटोबाट १ ग्राम ७ सय ७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार