Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा

    टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले टिकटकमाथि लगाएको बन्देज विरुद्ध दायर भएको मुद्दा सुनुवाइ नहुने भएको छ।

    सोमबार न्यायाधीश कुमार चुडालको एकल इजलासमा मुद्दाको पेसी तोकिएको थियो। न्यायाधीश चुडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने भएको हो।



    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले सर्वोच्चमा रिट दायर गरेका थिए। सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको हो ।



    २७ चैतमा मन्त्रिपरिषद बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको भन्दै कानुन व्यवसायी र सरोकारवालाले सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार