Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीकै मृत्यु

    करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीकै मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 852
    SHARES

    फाइल तस्विर

    पोखरा । पोखरामा करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार छन् ।



    उनीहरूले पोखरा २९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए ।



    करेन्टले उनीहरूलाई नै घाइते बनाएको थियो । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार