Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजावादी सक्रिय देखिए पनि व्यवस्थामाथि कुनै खतरा छैन : सञ्चारमन्त्री शर्मा

    राजावादी सक्रिय देखिए पनि व्यवस्थामाथि कुनै खतरा छैन : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 702
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजावादी सक्रिय देखिए पनि व्यवस्थामाथि कुनै खतरा नभएको बताएकी छिन् ।

    सञ्चारमन्त्री शर्माले दुई चार जना मानिस सडकमा आएर फरक नपर्ने बताएकी हुन् । सञ्चारमन्त्री शर्माले व्यवस्थामाथि खतरा नै उत्पन्न हुने स्थिति आए सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकजुट भएर प्रतिकार गर्ने बताइन् ।



    सञ्चारमन्त्री शर्माले भनिन्, ‘हिजो माओवादी जनयुद्धको तागतसहित ८० प्रतिशत मानिस सडकमा आएका थिए । त्यतिहुँदा त बल्लतल्ल गणतन्त्र स्थापित भयो भने दुई चारजना मानिस सडकमा आउँदैमा केही फरक पर्दैन । राज्य सञ्चालनमा केही कमीकमजोरी भएपनि सुल्टो बाटोमा त्यसको असर पर्न सक्थ्यो वा जनता सडकमा आउने वातावरण बन्थ्यो होला । तर राजतन्त्र नभोगेका युवाहरूलाई सडक आन्दोलनले केही प्रभाव पार्ला तर शाही काल भोगेका मानिस कन्भिन्स हुने अवस्था छैन ।’



    गणतन्त्र र राजतन्त्रको भेदबारे विद्यालयको पाठ्यपुस्तकमा समेट्न नसक्दा पनि समस्या देखिएको उनको भनाइ छ । पाठ्यपुस्तकमा प्रविधिबारे राम्रोसँग समेट्न नसक्दा एकैपटक सामाजिक सञ्जाल बन्द गर्नुपर्ने अवस्थामा पुगेको सञ्चारमन्त्री शर्माले बताइन् ।

    सडकमा देखिएको पछिल्लो अवस्थाबारे सरकारले निकै गम्भीरतापूर्वक हेरेको उनले बताइन् । एउटाले समस्या पैदा गर्दा अहिले सबैले भारी बोक्ने स्थिति आएको भन्दै मूलत आफूहरूमा भएको कमीकमजोरी करेक्सन गरेर जनतालाई सेवा र सुविधा दिनुपर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार