Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गाँजा उद्योगमा प्रहरीको छापा, ९१ केजी गाँजासहित तीन जना पक्राउ

    गाँजा उद्योगमा प्रहरीको छापा, ९१ केजी गाँजासहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 777
    SHARES

    बझाङ । बझाङ प्रहरीले गाँजा बनाउने उद्योगबाट ठूलो परिमाणमा कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले खप्तड छान्ना गाउँपालिका-७ गोर्खालीबाट गाँजा, गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थ र गाँजा बनाउन प्रयोग हुने भाँडाकुँडासहित तीन जनालाई पक्राउ गरेको हो ।



    गोर्खाली गाउँका स्थानीय खडकबहादुर खड्काको घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा तयारी गाँजा १४ किलो २१० ग्राम, गाँजाको दाना र पातसहितको कच्चा पदार्थ ७७ किलो ३०५ ग्राम बरामद गरिएको छ ।



    पक्राउ पर्नेमा खड्कासहित गाँजा बनाउने काममा संलग्न गोरखा अजिरकोट गाउँपालिका २ खरिबोटका सन्तोष गुरुङ र पर्सा जिल्ला सुकौली पटौली गाउँपालिका ३ का राम गुरुङ रहेका छन् ।

    उनीहरुको साथबाट गाँजा बनाउने काममा प्रयोग हुने प्लाष्टिकका बाटा ५ वटा, डिजिटल तराजु, कैंचीं, ब्लेड, कार्टुनटेप, रबरका पोका, गाँजा छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लाष्टिक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार