Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बझाङमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु

    बझाङमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 429
    SHARES

    फाइल तस्विर

    बझाङ । बझाङमा डोजर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    जयपृथ्वी नगरपालिकाको सु.प.प्र. २४५३ नम्बरको डोजर दुर्घटना हुँदा बित्थडचौर गाउँपालिका–६ घर भएका ३० वर्षीय चालक प्रकाश कठायतको मृत्यु भएको हो ।



    डोजर बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको र चालक सिटमुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।



    अहिले मृतक कठायतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार