Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • छिमेकीको हत्या गरेको आरोपमा बाबुछोरा पक्राउ

    छिमेकीको हत्या गरेको आरोपमा बाबुछोरा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 519
    SHARES

    फाइल तस्विर

    धनगढी। बझाङ प्रहरीले छिमेकीको हत्या गरेको आरोपमा बाबुछोरालाई पक्राउ गरेको छ।

    प्रहरीले जयपृथ्वी नगरपालिका-७ सुबेडाको किमतोलीका रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा जयबहादुर हमाल र उनका छोरा जनक हमाललाई पक्राउ गरेको हो ।



    आइतबार दिउँसो मदिरा सेवन गरेर बाबुछोराले जोशीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते जोशीको राति उपचारका क्रममा मृत्यु भएको थियो।



    आपसी विवादका क्रममा जोशीमाथि कुटपिट भएको बताइएपनि विस्तृत कारण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    मृतक जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बझाङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार