Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेयर बालेनले गरे चन्द्रबिनायक जात्रा क्षेत्रको अवलोकन

    मेयर बालेनले गरे चन्द्रबिनायक जात्रा क्षेत्रको अवलोकन

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 618
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले चन्द्रबिनायक तथा भैरवनाथ जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन गरेका छन् ।

    जात्राको पहिलो दिन सोमबार राति मेयर बालेनले चारुमती बिहार, गणेशस्थान, कुटुबहाललगायत क्षेत्रको अवलोकन गरेका हुन् ।



    त्यस क्रममा वडा ७ का अध्यक्ष बिमल होडा, वडा नं ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगतले जात्रासँग सम्बन्धित ठाउँ, संस्कार, संस्कृति र सामाजिक जीवनका बारेमा जानकारी गराएका थिए।



    जात्राको पहिलो दिन गुठीयार पूर्ण संगतको घरबाट भैरवको र सानुकाजी शाक्यको घरबाट गणेशको मूर्ति गणेशस्थान परिसरमा ल्याइ गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइएको थियो ।

    यसका लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार