Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रचण्ड नेतृत्वको सरकार आफैं ढल्ने अवस्थामा छ : केपी ओली

    प्रचण्ड नेतृत्वको सरकार आफैं ढल्ने अवस्थामा छ : केपी ओली

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 498
    SHARES

    डडेलधुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार केही समयमा आफैं ढल्ने दाबी गरेका छन् ।

    समृद्धिका लागि संकल्प यात्राअन्तर्गत डडेलधुरामा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले प्रचण्ड सरकार गठबन्धनको छेस्का अड्याएको भएर आफैं ढल्ने दाबी गरे ।



    अध्यक्ष ओलीले भने, ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौं । यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ । तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौं । यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।’

    सरकार माओवादी नीतिमा प्रचण्ड पथमा हिँड्न खोजेको अध्यक्ष ओलीले टिप्पणी गरे । कांग्रेस प्रचण्डपथको भरिया बनेको अध्यक्ष ओलीको आरोप छ । उनले नेपाली जनताका बीचमा द्वन्द्व मच्याउन खोज्नेहरुले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको आरोप लगाए ।

    अध्यक्ष ओलीले सत्ता गठबन्धन र गठबन्धनका नेताहरु सत्ता स्वार्थ, सरकार जोगाउने, मन्त्री जोगाउने, कसरी मन्त्री हुने, कसले बढी कमाउने, कसले बढी आफन्त पोस्ने धन्दामा लागिरहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार