Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १३ किलो चरेससहित कोहलपुरबाट श्रीमान-श्रीमती पक्राउ

    १३ किलो चरेससहित कोहलपुरबाट श्रीमान-श्रीमती पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 309
    SHARES

    कोहलपुर । प्रहरीले कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पतीलाई पक्राउ गरेको छ।​

    लागूऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर-८ पिपिरीबाट रेवन्त राना र उनकी श्रीमती कविता थापालाई पक्राउ गरेको हो ।



    उनीहरूबाट प्रहरीले अफिम र चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।



    प्रहरीले उनीहरूको साथबाट बा ५ प ८२१५ नम्बर जिपसहित १२ किलो ७ सय ४ ग्राम चरेस, २ किलो १ सय १६ ग्राम अफिम बरामद गरेको हो ।​

    रेवन्त यसअघि पनि विस २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागुऔषध कसुरमा पक्राउ परेका थिए ।

    तत्कालीन समयमा रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर समेत गरेको थियो । पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार