Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सोती घटना प्रकरण : दोस्रो दिनको सुनुवाइ सुरु, पीडित पक्षको बहस सक्ने तयारी

    सोती घटना प्रकरण : दोस्रो दिनको सुनुवाइ सुरु, पीडित पक्षको बहस सक्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 672
    SHARES

    रुकुम । अन्तरजातीय विवाहको विषयलाई लिएर ३ वर्ष अगाडि रुकुमको सोती गाउँमा नवराज विकसहित ६ जनाको हत्या घटनाको मुद्दामा आज पनि सुनुवाइ सुरु भएको छ।

    रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश डा.खड्कबहादुर केसीको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको हो । आइतबार बहस नसकिएपछि मुद्दा हेर्दाहेदैमा राखिएको थियो।



    पेशी सुनुवाईको पहिलो दिन जाहेरीवालाको तर्फबाट दुईजना सरकारी वकिल र सातजना कानुन व्यवसायी गरी नौजनाले बहस गरेका थिए।जाहेरीवालाहरुको तर्फबाट कानुन व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादीहरुका तर्फबाट बहस हुने र त्यसपछि मात्र अदालतले फैसला सुनाउने रुकुम पश्चिम अदालतले जनाएको छ ।



    अदालतका अनुसार वादीकातर्फ जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजालीका नेतृत्वमा चारजना सरकारी वकिलले बहस गर्दैछन् भने पीडितकातर्फ बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १२ जनाले नाम टिपाएका छन् ।

    त्यस्तै,प्रतिवादीकातर्फबाट सातजना वकीलले बहस गर्ने अदालतले जनाएको छ । रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनार सोती गाउँ नजिकै तीन वर्षअघि ६ जना युवाहरुले ज्यान गुमाएका थिए ।

    जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी ठकुरी परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

    त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु विक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार र गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार