Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रुकुम घटना प्रकरणमा मानव अधिकारको टोली घटनास्थलमा

    रुकुम घटना प्रकरणमा मानव अधिकारको टोली घटनास्थलमा

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 3K
    SHARES

    काठमाडौं । मानवअधिकार आयोगको टोली अन्तर्जातीय प्रेमले रुकुममा भएकाे घटनाको अनुगमन तथा अनुसन्धानका लागि घटनास्थल प्रस्थान गरेको छ । आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वमा आयोगको टोली आइतबार घटनास्थल प्रस्थान गरेको हो ।

    टोली घटना भएको स्थल पश्चिम रुकम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोट पुगेर अध्ययन गर्नेछ ।



    यही जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहित युवाहरुको समूह नवराजकी प्रेमिका भनिएकी एक मल्ल थरकी युवतीलाई ल्याउन भन्दै चौरजहारीको सोती गाउँ गएका थिए ।



    तर दुई पक्षबीच झडप भएपछि भागाभाग भयो । केहीले ज्यान जोगाउन भेरी नदीमा हामफाले । घटनामा नवराज विकसहित पाँच जनाको मृत्यु भयो भने एक जना अझै वेपत्ता छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार