Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ज्ञापन पत्र बुझाउन जाँदा सांसदसहित १० जना पक्राउ

    ज्ञापन पत्र बुझाउन जाँदा सांसदसहित १० जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । रुकुम पश्चिममा ६ जना युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदै गर्दा सांसद लक्ष्मी परियारसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



    पक्राउ पर्नेमा पूर्वसांसद जीवन परियारसहित सुनिता मरिक ‘डोम’, दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपाल रहेका छन् । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब, भृकुटिमण्डममा राखिएको र साँझ ५ बजेपछि छुटेका छन् ।



    गत १० जेठमा अन्तरजातीय विवाह गर्न सोती पुगेका नवराज र उनका पाँच जना साथीको हत्या भएपछि संघर्ष समितिले काठमाडौंको माइतीघरमा निरन्तर आन्दोलन र विरोधका कार्यक्रम गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार