Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रुकुम घटना: योजनाबद्ध रुपमा बाटो छेकेर हत्या, ३४ जनाविरुद्ध मुद्दा दर्ता 

    रुकुम घटना: योजनाबद्ध रुपमा बाटो छेकेर हत्या, ३४ जनाविरुद्ध मुद्दा दर्ता 

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    रुकुम ।  रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती घटनाका ३४ जना आरोपीविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ ।

    प्रहरीले सामूहिक हत्या भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।



    उक्त घटनामा सरकारी वकिलको कार्यालयले आजीवन कारावासको माग गर्दै मुद्दा दर्ता गरेको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा योजनाबद्ध रुपमा बाटोमा छेकेर युवाहरुको हत्या  गरिएको उल्लेख गरिएको छ। ।



    घटनामा  ६ जना युवाहरुको हत्या भएकाले पीडितको न्यायका लागि आजीवन कारावासको माग गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । घटनामा संलग्न वडाध्यक्ष लगायतमाथि ज्यान मुद्दा चलाइएको छ ।

    अन्य ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुर विरुद्धको मुद्दा दर्ता भएको छ । उक्त घटनामा अहिलेसम्म २९ जना पक्राउ परेको र बाँकी ५ जना फरार रहेको प्रहरीको भनाइ छ ।

    घटनामा जाजरकोट परी भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढा, सन्दिप विक र रुकुम पश्चिम चौरजहारीका टिकाराम सुनाको हत्या गरिएको थियो ।

    गत जेठ १३ गते पीडित परिवारले २० जनाविरुद्ध प्रहरी समक्ष किटानी जाहेरी दर्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार