Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • देशको अर्थतन्त्रले लय समाउन थालेको छ : अर्थमन्त्री महत

    देशको अर्थतन्त्रले लय समाउन थालेको छ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 438
    SHARES

    चितवन । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन् ।

    आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै अर्थतन्त्रले लय समाउन थालेको अर्थमन्त्री महतले बताएका हुन् ।



    अर्थमन्त्री महतले भने,’नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह ९रेमिट्यान्स० बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।’



    अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताए । अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उनले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको बताए ।

    भएका निर्णयका आधारमा सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको जनाउँदै उनले त्यसको प्रतिफल आउन ढिला भएको बताए।

    ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायतका विषयमा सरकारले राहतका लागि कोसिस गरिरहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार