Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट दुई जना पक्राउ

    सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 660
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर लैजान लागेको सुन जस्तो देखिने धातुसहित दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु ठेगाना भएका ४० वर्षीय संगीत केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी रहेका छन् ।



    प्रहरीले उनीहरुको साथबाट करिब १ सय ८६ ग्राम सुनजस्तो देखिने धातु फेला पारेको छ ।



    नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा संगीतको साथबाट करिब ९५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थान तथा औंठी १ थान र सुनिताको साथबाट ९१ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थानसहित फेला परेको प्रहरीले जनाएको छ ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार