Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागूऔषधसहित नवलपरासीबाट एक जना पक्राउ

    लागूऔषधसहित नवलपरासीबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 534
    SHARES

    नवलपरासी । नवलपरासी वर्दघाट  प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा पल्हिनन्दन गाउँपालिका ४ लोहरौलीका २१ वर्षीय सागर गुप्ता छन्। नवलपरासीको रामग्राम नगरपालिका ४ केरवानीमा नियमित चेकजाँचमा प्रहरी टोली खटिएको थियो।



    लु ६४ प ३७८७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार तीन जनामध्ये २ जना भागेका थिए।



    भाग्न नभ्याएका सागर गुप्तालाई नियन्त्रणमा लिइ उनले बोकेको कालो झोला खानतलासी गर्दा लागूऔषध बुप्रेनोर्फाइन १९६ एम्पुल, डाइजेपाम १९८ एम्पुल, फेनेर्गन १९८ एम्पुल र हेरोइनजस्तो देखिने खैरो पदार्थ १२ ग्राम बरामद भएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

    पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालय राखिएको र फरार रहेका दुई जनाको खोजी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार