Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्धक

    रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्धक

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 678
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी अवस्थामा रहेको खुलेको छ ।

    रुसी सेनाको तर्फबाट युक्रेनविरुद्ध लड्न गएका काभ्रे मन्डनदेउपुरका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको हो ।



    युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई मङ्सिर १७ गते नियन्त्रणमा लिइएको थियो । योसँगै युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको सङ्ख्या २ पुगेको छ ।



    यसअघि अर्का नेपाली विवेक खत्री युक्रेनमा बन्दी अवस्थामा रहेको र नेपाल फिर्ता गर्न कुटनीतिक पहल भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार