Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पूर्वयुक्रेनी राजनीतिज्ञको मस्कोमा हत्या

    पूर्वयुक्रेनी राजनीतिज्ञको मस्कोमा हत्या

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 501
    SHARES

    मस्को । युक्रेनका संसद् सदस्य इल्या किभाको बुधबार मस्कोनजिकैको एउटा होटेल पार्कमा साइलेन्सर (आवाज नआउने) हतियारद्वारा हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

    अज्ञात आक्रमणकारीले साइलेन्सरसहितको सानो बन्दुकबाट किभाको हत्या गरेका हुन् । समाचार समिति तासका अनुसार उनी बसेको होटेलको पार्कमा शव भेटिएको थियो ।



    सरकारी आरआईए नोभोस्ती समाचार समितिका अनुसार युक्रेनको रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशनालय (जीयूआर)ले किभाको मृत्युको जिम्मेवारी लिएको छ ।



    जीयूआरका प्रवक्ता एन्द्रे युसोभले टेलिभिजनमा उनको हत्यामा जीयूआरको संलग्नता स्वीकार गरेका छन् । ओडिन्त्सोभो जिल्लास्थित सुपोनेभो गाउँको होटेलमा किभाको शव फेला परेपछि मस्को क्षेत्रका अनुसन्धानकर्ताले हत्याको आपराधिक मामिला खोलेका छन् ।

    प्रहरी अधिकारीहरू घटनास्थल पुगेर घटनाको सबै परिस्थिति स्पष्ट गरिरहेका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार