Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • देशको अर्थतन्त्र सुधारतर्फ अघि बढेको छ : अर्थमन्त्री महत

    देशको अर्थतन्त्र सुधारतर्फ अघि बढेको छ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 465
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको आर्थिक अवस्था ठीक हुँदै गएको दाबी गरेका छन्।

    मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।



    अर्थमन्त्री महतले भने,‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर परिणाम देखिन केही समय लाग्छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ । मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक छ । जग्गा कारोबार पनि बढ्दै छ ।’



    मौद्रिक नीति समीक्षामार्फत अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सहयोग मिलेको अर्थमन्त्री महतको भनाई छ । जनतालाई राहत पुग्नेगरी सहयोग लिने गरी विदेशी सहयोग नीतिका लागि काम अगाडि बढेको महतको भनाइ छ ।

    लगानी सम्मेलनअघि लगानीको वातावरणमा वाधकको खोजी गरी समाधानको उपाय अवलम्वन गरिने अर्थमन्त्रीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार