Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुन्छ : मेयर बालेन

    काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुन्छ : मेयर बालेन

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 615
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले साढे ३ वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुने बताएका छन् ।

    २९औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बालेनले यस्तो बताएका हुन् ।



    मेयर बालेनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका,प्रदेश सरकार र संघीय सरकारको भुमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे।



    उनले अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए ।

    मेयर साहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह पनि गरे ।

    मेयर बालेनले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि संघ सरकारसँग आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार