Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेयर बालेनले भने – काठमाडौं र ललितपुरको विकास सँगसँगै हुनुपर्छ

    मेयर बालेनले भने – काठमाडौं र ललितपुरको विकास सँगसँगै हुनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 498
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं र ललितपुरको विकास सँगसँगै हुनुपर्ने बताएका छन् ।

    ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै मेयर बालेनले यस्तो बताएका हुन् । मेयर बालेनले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताए ।



    काठमाडौं र ललितपुर परस्पर सम्बन्ध भएका महानगरपालिकाहरु भएको भन्दै उनले दुबै महानगरपालिकाको विकास सँगसँगै हुनुपर्ने बताए । त्यसका लागि संघीय सरकारले केही कानुनी अड्चनहरु फुकाइदिनुपर्ने मेयर बालेनले बताए ।



    मेयर बालेनले भने, ‘काठमाडौं एक्लै बनेर पनि राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि राम्रो देखिँदैन । सबैलाई काठमाडौं एउटै हो भन्ने लाग्छ । ललितपुरमा आए पनि काठमाडौं आएजस्तो लाग्छ, काठमाडौं आए पनि ललितपुर आएजस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैचोटी हुनुपर्छ । कोही पहिलो, कोही दोस्रो, कोही तेस्रो भन्दा पनि हामी एकैचोटी अगाडि बढ्नुपर्ने देखिन्छ ।’

    मेयर बालेनले त्यसका लागि केही काम दुबै महानगरपालिकाका मेयर र उपमेयरको तहबाट पनि गर्न सकिने तर केही कानुनी व्यवस्था बाझिएकाले त्यसको बाधा अड्चन फुकाइदिनुपर्ने बताए । विशेष गरी फोहोर व्यवस्थापनको सवालमा संघ सरकारले त्यसमा सहजीकरण गरिदिनुपर्ने उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार