Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काम गर्न खोज्दा प्रदेशले मुद्दा हाले, संघले कानुन दिएन : मेयर बालेन

    काम गर्न खोज्दा प्रदेशले मुद्दा हाले, संघले कानुन दिएन : मेयर बालेन

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 1.6K
    SHARES

    ललितपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफूले गरेको काममा संघ र प्रदेश सरकारले अवरोध गरेको गुनासो गरेका छन् ।

    ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै मेयर बालेनले यस्तो बताएका हुन् ।



    मेयर बालेनले उपत्यकाका फोहर व्यवस्थापनका लागि कानुनी अड्चन रहेको भन्दै त्यस विषयमा संघ सरकारले कुनै पहल नगरेको आरोप लगाए ।



    केही काम गर्न खोज्दा मुद्दा हाल्ने र पाँचदेखि एक घण्टामा हुने काम पनि संघ सरकारले नगरेको आरोप लगाए ।

    मेयर बालेनले भने,‘बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन रहेकाले त्यसलाई फुकुवा गर्न प्रधानमन्त्रीसँग आग्रह गर्छु । प्रधानमन्त्री र मन्त्रीहरूले चाहेमा पाँच मिनेटदेखि एक घण्टामा सकिने विषय पनि सम्बोधन गरेका छैनन् । कतिपय कुरा स्थानीय सरकारले मात्र नसक्ने हुँदा संघ सरकारले हेर्नुपर्ने हुन्छ । उपत्यका विकास प्राधिकरणसँग मिलेर हामीले काम गरिरहेका छौँ । हामी त्यसका सदस्य छौँ । तर केही विषयमा प्रदेश सकारले मुद्दा हालेकाले काम अड्किएको छ । यस्ता विषयमा सहकार्य गरेर जान सकिन्छ।’

    संघ र प्रदेशले गर्ने काम स्थानीय सरकारले गर्दा खुसी हुनुपर्नेमा झन् अल्झाउने काम गरिरहेको मेयर बालेनले बताए । उनले तीनै तहको सरकारले आफ्नो अधिकार भन्दापनि कर्तव्य ठानेर काम गर्नुपर्नेमा जोड दिए ।

    उनले संघीय कानूनमा स्थानीय कानूनमा बाझिएकाले मेयरहरू, उपमेयरहरु नै बसेर सल्टाउन नसक्ने काममा सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । उपत्यकाको विकास एकै पटक हुनुपर्ने भन्दै उनले सबै पालिका साथसाथै अघि बढ्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार