Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागूऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ

    लागूऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । लागूऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन्।

    इलाका प्रहरी कार्यालय पिपराले वाणगंगा नगरपालिका-२ गोवडिहवाको एक घरबाट ६ जनालाई ७ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका -२ का २३ वर्षीय मुक्तिप्रसाद खनाल, कपिलवस्तुकै बुद्धभूमि नगरपालिका -२ का २६ वर्षीय विवेक थापा मगर, रुपन्देहीका सैनामैना नगरपालिका -९ का १८ वर्षीय मनोज दर्जी, सोही स्थानका १८ वर्षीय समीर परियार रहेका छन् ।



    यसैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका-२ बस्ने २८ वर्षीय विनोद परियार र सोही स्थानका ३३ वर्षीय विष्णु श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकामध्ये केही लागुऔषध कारोवारी, केही सेवनकर्ता र केही विभिन्न स्थानमा चोरी डकैती गर्ने गिरोहमा संलग्न हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    पक्राउ परेकालाई जिल्ला अदालतको आदेशमा प्रहरीले ५ दिन थुनामा राखी थप अनुसन्धान सुरु गरेको छ ।

    उनीहरुको साथबाट बरामद भएको दुईवटा मोटरसाइकल, ३ लाख ४९ हजार २ सय ५५ रुपैयाँ नगद, सुन जस्तो देखिने धातुका गरगहनालगायतका सामग्री बरामद गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार