Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ‘रेड नोटिस’ जारी भएका चारजना फरार प्रतिवादी एक हप्ताभित्र पक्राउ

    ‘रेड नोटिस’ जारी भएका चारजना फरार प्रतिवादी एक हप्ताभित्र पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 879
    SHARES

    काठमाडौं । इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरुको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका चारजना फरार प्रतिवादीलाई पक्राउ गरी यसै हप्ता नेपाल फिर्ता ल्याउन नेपाल प्रहरी सफल भएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार यूएईको दुबईबाट तीनजना र कुवेतबाट एकजना फरार प्रतिवादीलाई नेपाल ल्याइएको हो ।विद्युतीय कारोबारको कसूरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठान सरूमारानी गाउँपालिका-१ का ३३ वर्षीया सगीर अहमदलाई बुधबार नेपाल फिर्ता ल्याइएको छ ।



    अनुसन्धानको क्रममा यूएईमा रहेको खुल्न आएका अहमद विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत भदौ २० गते रेड कर्नर नोटिस जारी भएकोमा उक्त शाखाबाट खटिएको प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको हो ।



    उनलाई सम्बन्धीत कसूरमा आवश्यक कारवाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको छ । यसैगरी जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका स्याङजा वालिङ नगरपालिका-११ भोर्लेका ३५ वर्षीय गोपाल बुढाथोकी भन्ने याम बहादुर बुढाथोकीलाई बुधबार नेपाल फिर्ता ल्याइएको छ ।

    अनुसन्धानको क्रममा यूएईमा रहेको खुल्न आएका बुढाथोकी विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत भदौ २०७९ जेठ १८ गते रेड कर्नर नोटिस जारी भएकोमा उक्त शाखाबाट खटिएको प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

    उनलाई सम्बन्धीत कसूरमा आवश्यक कारवाही गराउने कार्य प्रकृयामा रहेको छ । यसअघि जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामालाई कुवेतबाट मंगलबार र ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका सर्लाही साबिक जानकीनगर गाविस-७ का कोमल राज उपाध्यायलाई यूएईको दुबईबाट पक्राउ गरी मंसिर २९ गते नेपाल फिर्ता ल्याइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार