Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रेड कर्नर नोटिस जारी भएका चार जना विदेशबाट पक्राउ

    रेड कर्नर नोटिस जारी भएका चार जना विदेशबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 654
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चार जनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

    प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपाल ल्याएको हो।



    युएईको दुबईबाट तीन तथा कुवेतबाट एकजनालाई नेपाल ल्याइएको नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।



    विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठानको सरुमारानी गाउँपालिका–१ का ३३ वर्षीय सगीर अहमदलाई पक्राउ गरी नेपाल ल्याइएको हो ।

    यसअघि स्याङ्जाको वालिङ नगरपालिका–११ भोर्लेका ३५ वर्षीय यामबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा र सर्लाहीको जानकीनगरका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार