Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नेपाल सुपर लिग : हारसँगै वीरगञ्ज प्ले अफबाट बाहिरियो

    नेपाल सुपर लिग : हारसँगै वीरगञ्ज प्ले अफबाट बाहिरियो

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 519
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फूटबलमा हारसँगै वीरगञ्ज प्ले अफ दौडबाट बाहिरिएको छ ।

    शनिवार दशरथ रंगशालामा भएको खेलमा वीरगञ्ज युनाइटेड बुटवल लुम्बिनीसँग १–० गोल अन्तरको हार ब्यहोर्दै प्ले अफ दौडबाट बाहिरिएको हो ।



    खेलको अतिरिक्त समयमा चन्दन दासले गरेको एकमात्र गोल नै वीरगञ्जलाई पराजित गर्न पर्याप्त बन्यो। वीरगञ्जको हारसँगै त्यसको फाइदा ललितपुर, काठमाडौं र झापालाई पुगेको छ ।



    वीरगञ्जको हारले ललितपुरले प्ले अफ स्थान लगभग स्थान पक्का भएको छ । वीरगञ्ज ८ अंकसहित तालिकाको आठौं स्थानमा रह्यो । बुटवलले जीत निकाल्दै तालिकाको पाँचौं स्थानमा रहेर लिग टुङ्गयाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार