Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल सुपर लिग

    पोखरालाई हराउँदै ललितपुर फाइनलमा, उपाधिका लागि धनगढीसँग भिड्ने

    पोखरालाई हराउँदै ललितपुर फाइनलमा, उपाधिका लागि धनगढीसँग भिड्ने

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 675
    SHARES

    काठमाडौं । ललितपुर सिटी एफसीले दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध २–१ को जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ ।

    बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अतिरिक्त समयमा कुशलले गरेको गोल निर्णायक बनेपछि ललितपुर रोमाञ्चक जितसहित फाइनल प्रवेश गरेको हो ।



    खेलको पहिलो हाफमै १० खेलाडीमा समेटिएको ललितपुरले नै पहिले अग्रता बनाएको थियो । ललितपुरको जितमा इमोन इजेकेइल र कुशल देउवाले गोल गरे । पोखराका लागि स्टेफन कोजो पापा एनोरले गोल गरे ।



    यो जितसँगै अब उपाधिका लागि ललितपुरले प्रतियोगिताको साविक उपविजेतासमेत रहेको धनगढी एफसीसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार