Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल सुपर लिग

    दोस्रो क्वालिफायरमा आज पोखरा र ललितपुर भिड्दै

    दोस्रो क्वालिफायरमा आज पोखरा र ललितपुर भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 498
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायर खेलमा आज पोखरा थन्डर्स एफसी र ललितपुर सिटी एफसी खेल्दैछन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल बिहीबार साँझ साढे ५ बजे सुरु हुनेछ।



    पोखरा पहिलो क्वालिफायर खेलमा धनगढी एफसीसँग टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो।



    यता ललितपुरले भने एलिमिनेटर खेलमा साविक विजेता काठमाडौँ रेजर्सलाई ३–० को फराकिलो अन्तरले हराउँदै पोखरासँगको भेट पक्का गरेको हो।

    यो खेलको विजेताले उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ । यो संस्करणको उपाधि विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार