Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एनएसएल : साविक विजेता काठमाडौं बाहिरियो, ललितपुर क्वालिफायरमा

    एनएसएल : साविक विजेता काठमाडौं बाहिरियो, ललितपुर क्वालिफायरमा

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 588
    SHARES

    काठमाडौं । साविक विजेता काठमाडौं रेजर्स दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को एलिमिनेटरबाटै बाहिरिएको छ ।

    मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा ललितपुर सिटी एफसीसँगको खेलमा काठमाडौं ३–० गोलले पराजित भएको हो ।



    ललितपुरका इमोह इजेकिलले खेलको ३६ औँ र ५२ औँ तथा पाबा केबेले ४४ औँ मिनेटमा गोल गरे । यो जितसँगै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको छ ।



    अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पर्सि बिहीवार पोखरा थन्डर्ससँग खेल्नेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार