Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • इन्टरपोलबाट रेड नोटिस जारी भएका रजिन्द्र कतारबाट पक्राउ

    इन्टरपोलबाट रेड नोटिस जारी भएका रजिन्द्र कतारबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 732
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भइ फरार रहेका एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नैमा धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान रहेका छन् । एनसिबि दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ।



    पासमान लगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रूपैयाँ अनाधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डहरू मार्फत निकालेर प्रयोग गरेको र अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो।



    अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनी विरुद्ध रेड नोटिस जारी भएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार