Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • युक्रेनमा पहिलोपटक डिसेम्बर २५ मा क्रिसमस मनाइँदै

    युक्रेनमा पहिलोपटक डिसेम्बर २५ मा क्रिसमस मनाइँदै

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 468
    SHARES

    फाइल तस्विर

    एजेन्सी । यो वर्ष युक्रेनले पहिलोपटक डिसेम्बर २५ मा क्रिसमस मनाउँदैछ ।

    करिब दुई वर्षअघि रूसले आक्रमण शुरू गरेको युक्रेनमा जनवरी ७ को परम्परागत दिन (अर्थोडक्स डेट) लाई बेवास्ता गर्दै डिसेम्बर २५ मा नै क्रिसमस मनाउने घोषणा गरेको हो ।



    जनवरी ७ लाई रूसी क्रिश्चियन धर्मावलम्बीहरूले विशेष दिनका रूपमा लिने गर्छन् भने रूसी परम्पराको विरोधका लागि युक्रेनले नयाँ मिति अर्थात् उसका सहयोगीहरूले क्रिसमस मनाउने दिन डिसेम्बर २५ मा नै क्रिसमस मनाउने घोषणा गरेको हो ।



    ओडेसाको दक्षिणी ‘ब्ल्याक सी’ बन्दरगाहमा चर्चमा जानेहरूले डिसेम्बर २४ लाई क्रिसमसको अघिल्लो साँझका रूपमा मान्यता दिँदै मैनबत्ती बाली प्रार्थना गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार