Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एनएसएल : पोखरा र धनगढीबीचको खेल अतिरिक्त समयमा धकेलियो

    एनएसएल : पोखरा र धनगढीबीचको खेल अतिरिक्त समयमा धकेलियो

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 480
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र धनगढी एफसीबीचको पहिलो क्वालिफायर अतिरिक्त समयमा धकेलिएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।



    खेलको पाँचौँ मिनेटमा आयुश घलानले गोल गर्दै पोखरलाई अग्रतामा राखेका थिए । तर खेलको ५४औँ मिनेटमा कप्तान देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काएका थिए ।



    अतिरिक्त ३० मिनेटमा पनि बराबरी भए खेलको निर्णय टाइब्रेकरबाट लिइनेछ। आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा स्थान पक्का गर्ने छ । र, हार्ने टिमले भने दोस्रो प्लेअफको मौका पाउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार