Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल सुपर लिग : पोखरालाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी फाइनलमा

    नेपाल सुपर लिग : पोखरालाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी फाइनलमा

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 771
    SHARES

    काठमाडौं । पेनाल्टी सुटआउटमा पोखरा थन्डर्सलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ ।

    पोखरालाई ४–३ गोलले हराउँदै लगातार दोस्रो पटक धनगढी एनएसएलको फाइनलमा पुगेको हो ।



    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलको अतिरिक्त समयको अन्तिम मिनेटसम्म धनगढी २–१ ले पछि थियो ।



    तर, अन्तिम मिनेटमा हिजाजीले गोल गर्दै धनगढीलाई खेलमा फर्काएपछि नतिजा बराबरीमा आइपुगेको हो ।

    यसपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलको नतिजा ४–३ ले जित्दै धनगढी फाइनल प्रवेश गरेको हो । अब पोखराले भने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार