Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 501
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँ थियो । मंगलबार तेजावी सुनको मूल्य पनि बढेको छ ।



    तेजावी सुनको मूल्य तोलामा ५ सय ५० रुपैयाँले बढेको हो । सोमबार प्रतितोला १ लाख १९ हजार ३५० मा कारोबार हुँदा मंगलबार तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको हो ।

    चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ७५ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार