Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ : अर्थमन्त्री महत

    मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 570
    SHARES

    चितवन । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन्।

    हात्ती तथा पर्यटन महोत्सवको चितवनमा उद्घाटन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरूले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको बताए।



    अर्थमन्त्री महतले भने,‘तथ्यांकहरू हेर्दा अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ। यहाँको हाइड्रो पावर, एग्री बिजनेस, कृषि व्यवसाय, पर्यटन र आइटी सेक्टरले मुलुकको अर्थतन्त्रलाई माथि पुर्‍याउने निश्चित छ।’



    उनले देशभित्रै केही काम गर्न युवालाई आग्रह गरेका थिए। नेपालमा केही छैन भन्ने सोचेर बाहिर जाने भन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर अघि बढनुपर्ने उनले बताए।

    देशमा धेरै काम गर्न बाँकी रहेकाले अवसर पनि यही रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सो अवसरलाई उपयोग गर्न उद्यमीहरुलाई आग्रह गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार