Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

    हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 633
    SHARES

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँट गरिएको छ ।

    बिक्री प्रवन्धक एनएमबी क्यापिटलले एक कार्यक्रम आयोजना गरी बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।



    आवेदन स्वीकृत भएका सबैले हिमालयन रिइन्स्योरेन्सको आईपीओ पाएका छन् । ३० कित्तासम्म माग गर्नेले माग गरेजति नै पाएका छन् ।



    १० कित्ताका लागि आवेदन दिनेले १० कित्ता नै पाएका छन्, २० कित्ताका लागि आवेदन दिनेले २० कित्ता नै पाएका छन् भने ३० कित्ताका लागि आवेदन दिनेले ३० कित्ता नै पाएका छन् ।

    ४० वा सोभन्दा बढी माग गरेहरुमध्ये २९ हजार २१ जनाले ४० कित्ताका दरले पाएका छन् । कम्पनीले कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो ।

    यसको नतिजा केही बेरपछि मेरो सेयरको आईपीओ रिजल्ड डट् सीडीएससी डट् कम डट् एनपीबाट हेर्न सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार