Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी

    यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 4.2K
    SHARES

    काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरिएको छ ।

    रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।



    उनीहरुले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ । यद्यपि आगजनीबाट कुनै मानवीय क्षति भने भएको छैन ।



    ज्वाला मन्त्री क्वाटरबाट नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोकेका थिए ।

    प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि मन्त्री र पीएसओ गाडीबाट बाहिर निस्किएका थिए ।

    मन्त्री र पीएसओ गाडीबाट हटेपछि प्रदर्शनकारीहरुले आगजनी गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार