Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पोखरीमा डुबेर बालिकाको मृत्यु

    पोखरीमा डुबेर बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 546
    SHARES

    फाइल तस्विर

    काभ्रे । इन्द्रावती खोला नजिकै पानी जमेको पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ ।

    काभ्रेको धुलिखेल नगरपालिका-६ ईतोल घर भई हाल भुम्लु गाउँपालिका-१० दोलालघाटमा बस्दै आएका बुद्धराम खड्गीको ५ वर्षीया छोरी रोजिनाको इन्द्रावती पोखरीमा डुबेर मृत्यु भएको हो ।



    घर नजिकैको पोखरीमा बालिका डुबेको खबर पाएपछि प्रहरी चौकी दोलालघाटको टोली घटनास्थलमा पुगेको थियो।



    प्रहरी टोलीले बालिकालाई उद्धार गरी धुलिखेल अस्पताल पठाएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार