Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 567
    SHARES

    फाइल तस्विर

    काभ्रे । १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा काभ्रे प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-८ घर भइ हाल पाँचखाल नगरपालिका-७ बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका-८ घर भइ पाँचखाल-७ बस्ने घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका-४ घर भई हाल पाँचखाल-७ बस्ने १९ वर्षीय अमर बिक र एक किशोर छन्।



    पुस २७ गते राति पाँचखाल नगरपालिका-७ शिखरपुरस्थित प्लटिङको झाडीमा लगेर सामूहिक बलात्कार गरेको काभ्रे प्रहरीमा उजुरी परेको थियो ।



    उनीहरू मजदुर हुन्। पीडित युवती पनि उनीहरूसँगै काम गर्थिन्। काम सकेर मदिरा सेवन गरेर घर फर्किने क्रममा उनीहरूले ती युवतीलाई बलात्कार गरेका थिए।

    आफूमाथि बलात्कार भएको हल्ला गाउँभरी फैलिएपछि युवती आत्महत्या प्रयास गर्दैगर्दा गाउँलेले बचाएका थिए। त्यसपछि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार