Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कारले स्कुटरलाई ठक्कर दिँदा चार जना घाइते

    कारले स्कुटरलाई ठक्कर दिँदा चार जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 498
    SHARES

    फाइल तस्विर

    काभ्रे । काभ्रेमा कारले मोटरसाइकल र गाडीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन्।

    बासघारीमा धुलिखेलबाट बनेपा आउँदै गरेको बा प्र. ०१-२५ च ८४२५ नम्बरको कारले बा ८५ प ६५०६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।



    स्कुटरलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले बनेपा बाट धुलिखेल जाँदै गरेको बा प्र ०१-२४ च ९४८५ नम्बरको योद्दा पिकअप गाडिलाई ठक्कर दिएको हो।



    दुर्घटनबाट सवारी साधनका चालकसहित चार जना घाइते भएको काभ्रे प्रहरीले जनाएको छ ।

    स्कुटर चालक काभ्रेको पनौती नगरपालिका-११ का २८ वर्षीय मनोज तामाङ, कार चालक काभ्रेको धुलिखेल नगरपालिका-३ का ४० वर्षीय पारस श्रेष्ठ, त्यसमा सवार काभ्रेको नमोबुद्ध नगरपालिकाकी २२ वर्षीया लक्ष्मी गजमेर र गाडीमा सवार भारत घर भएका २५ वर्षीय जिनु साहा घाइते भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार