Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काभ्रेमा निस्सासिएर एक वृद्धको मृत्यु

    काभ्रेमा निस्सासिएर एक वृद्धको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 486
    SHARES

    फाइल तस्विर

    काभ्रे । काभ्रेमा निस्सासिएर एक जना वृद्धको मृत्यु भएको छ। नमोबुद्ध नगरपालिका-१ बस्ने ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको हो ।

    गएराति कर्मा र उनकी ८१ वर्षीया श्रीमती असनी लामा खाना खाएर सुतेका थिए।



    कोठामा हिटर र फलामको कराइमा आगो बालेर झ्याल-ढोका बन्द गरी सुतेको कारणले निस्सासिएको हुनुपर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।



    उनीहरू मंगलबार बिहान ८ बजेसम्म पनि नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुबै जना बेहोस अवस्थामा फेला परेका थिए।

    दुबै जनालाई बिहान धुलिखेल अस्पताल लगिएको थियो। उपचारको लागि लगिएकोमा कर्माको सवा ९ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार