Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० घाइते

    काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० घाइते

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 237
    SHARES

    फाइल तस्विर

    काभ्रे । काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

    कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका ५ मुलाबारीमा दुर्घटना भएको हो।



    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आज बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन्।



    घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

    सुमो अनियन्त्रित भई सडकबाट करिब ३०/३५ मिटर तल खसेको जनाइएको छ । उक्त गाडीमा ८ जना महिला र २ जना पुरुष सवार थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार