Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यात्रुसँग बढी भाडा लिने बस चालकमाथि कारबाही

    यात्रुसँग बढी भाडा लिने बस चालकमाथि कारबाही

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 756
    SHARES

    काभ्रे । काभ्रे ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने सवारी चालकलाई कारबाही गरेको छ।

    मंगलबार बिहान बा ३ ख ६४२८ नम्बरको गाडीलाई पनि कारबाही गरेको हो। यस्तै, ट्राफिक प्रहरीले सोमबार बा ५ ख २००५ र बा ५ ख ५१ नम्बरको बसलाई कारबाही गरेको छ।



    काठमाडौंदेखि झापासम्मको भाडा १७२५ रुपैयाँ छ। तर उनीहरूले यात्रुहरूसँग २१००, २२०० र २००० रुपैयाँ लिएको पाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।



    तीन वटा गाडीमा सवार ७० यात्रु ठगीमा परेपछि ट्राफिक प्रहरीले चालकबाट बढी भाडा असुल गरी यात्रुलाई फिर्ता गराएको हो।

    ७० पीडितलाई जम्मा २१ हजार ८०० रुपैयाँ फिर्ता गराइएको पनि कार्यालयले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले दसैंका लागि घर फर्किने यात्रुहरूसँग बढी भाडा लिनसक्ने भन्दै विभिन्न ठाउँमा छड्के चेकपोष्ट राखेको छ।

    काठमाडौंबाट गुड्ने लामो दूरीका सवारी साधनलाई केन्द्रित गर्दै ट्राफिक प्रहरीले चेकिङ गर्दै आएको छ। चालकहरूले बढी भाडा लिएर ठगी गरेको पाइएमा प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार