Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 693
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको हो ।



    यस्तै आज तेजावी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    यता चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार