Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बिहीबारदेखि बेपत्ता भएका अधिकारीको शव फेला

    बिहीबारदेखि बेपत्ता भएका अधिकारीको शव फेला

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकास्थित कमला नदीमा एक पुरुषको शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुधौली नगरपालिका-६ लालभित्ती स्थित कमला नदी किनारामा डुबेको अवस्थामा दुधौली नगरपालिका-१ गिचिहानीका ५३ वर्षीय भीमनाथ अधिकारीको शव फेला परेको हो ।



    शुक्रबार दिउँसो साढे तीन बजे खोलामा माछा मार्न पुगेका मानिसहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    अधिकारी बिहीबार बेलुकीदेखि घरबाट बेपत्ता भएको थिए । घटना बारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार